सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षता कायम गरी अनुसन्धान अघि बढाउनुपर्छ : नेकपा

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेको घटनाबारे नेपाली कम्युनिस्ट पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Government should advance the investigation by upholding the rule of law, legal process, and impartiality: NCP

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेको घटनाबारे नेपाली कम्युनिस्ट पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

नेकपाले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षता कायम गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको छ । माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव गणेशमान पुनले शनिबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । उनले भनेका छन् - 'सरकारले मन्त्रिपरिषद्‍को पहिलो बैठकबाट भाद्र २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।'

कान्तिपुर

Link copied successfully