बालेन्द्र शाह नेतृत्वको मन्त्रपरिषद्मा मन्त्री बन्ने सूचीबाट अमरेश सिंहको नाम अन्तिम समयमा काटिएको छ ।
काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको मन्त्रपरिषद्मा मन्त्री बन्ने सूचीबाट अमरेश सिंहको नाम अन्तिम समयमा काटिएको छ ।
उनलाई उद्योग मन्त्रालय दिने तयारी थियो । तर, अन्तिममा यो मन्त्रालय बालेन्द्र आफैंले राखेका छन् ।
सिंहका स्वकीय सचिव रञ्जीत झाले कान्तिपुरसँग भने, 'उहाँले सांसद्कै रुपमा रहेर देशको सेवा गर्ने बताउनुभएको छ ।'
उनी कांग्रेस सभापति गगन थापालाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद् निर्वाचित भएका थिए।
