सोविता गौतम कानुन मन्त्री बन्ने

बालेन्द्र शाह नेतृत्वको सरकारमा रास्वपाकी नेता सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Sobita Gautam to become Law Minister

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारमा रास्वपाकी नेता सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन्। कान्तिपुरले प्रधानमन्त्री निकट स्रोत र सोविताको पारिवारिक स्रोतबाट उनी मन्त्री बन्नेबारे पुष्टी गरेको थियो । 

कानुनकी जानकार रहेकी उनी अधिवक्ता समेत हुन्। गौतम यसअघि २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन्।

यसपटकको चुनावमा उनी चितवन–३ बाट चुनाव लडेकी थिइन्, जहाँ उनले भरतपुरकी पूर्वमेयर रेनु दाहाललाई पराजति गरेकी थिइन् । उनले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन् । 

२०५२ सालको असारमा जन्मेकी सोविता कानुनमा स्नातक उत्तीर्ण छन् । उनले सांसद नीति नियम बनाउने थलो भएको हुँदा आफ्नो शिक्षा र अनुभव यो पदका लागि उपयुक्त हुने भन्दै मतदातासामु गएकी थिइन् ।

सम्बन्धित समाचार 

नेता बन्न कानुन् पढिन्, वकालत गर्दागर्दै सांसद बनिन्

कान्तिपुर

Link copied successfully