बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ 

राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनालई शपथ खुवाएका हुन्।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Balendra Shah takes oath as Prime Minister

काठमाडौँ — बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिएका छन्।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनालई शपथ खुवाएका हुन्। 

पूर्वनिर्धारित समय १२ : ३४ मा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसपटकको शपथ समारोह फरक देखियो। 

शपथ ग्रहणमा ७ वटा शंखनाद भएको छ। त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन गरेका छन् भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।

Balendra Shah takes oath as Prime Ministerशपथ समारोहमा पाँच जना पूर्व प्रधानमन्त्री सहभागी भएका थिए। पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी राष्ट्रपति कार्यालय शीतल निवासमा भएको प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी थिए ।

पूर्व प्रधानमन्त्री एब एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।

कान्तिपुर

Link copied successfully