बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

रास्वपाको पार्टी कार्यालयमा वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दल गठनको प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको थियो ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

RSP decides to make Balendra Shah the leader of the parliamentary party

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्वत रुपमा पारित गरेको छ । अब संसदीय दलको बैठकले त्यसलाई अनुमोदन गर्दै शाह संसदीय दलको नेता हुने छन् ।

रास्वपाको पार्टी कार्यालयमा वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले  संसदीय दल गठनको प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको थियो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयनका लागि गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो । 

बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्ने  संवैधानिक व्यवस्था भएकाले शाहको नाममा अनुमोदन गरिएको हो ।

कान्तिपुर

Link copied successfully