नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Newly elected members of the House of Representatives to be sworn in today

What you should know

काठमाडौँ —  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।

सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले शपथ गराउनेछन् । कांग्रेसका समानुपातिकतर्फका सांसद केसीलाई राष्ट्रपतिले बुधबार शपथ गराएका थिए । 

प्रतिनिधिसभाको सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन् । नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

Newly elected members of the House of Representatives to be sworn in todayप्रतिनिधिसभा अधिवेशन कहिले बोलाउने भन्ने निर्णय आगामी सरकारले गर्नेछ । संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार ६१ सांसदले मातृभाषामा शपथ लिनेछन् । 

२४ भदौको प्रदर्शनमा नयाँ बानेश्वरस्थित संसद् भवनमा तोडफोड र आगजनी भई क्षति भएकाले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा शपथ हुने उनले जानकारी दिए । निर्माणाधीन संसद् भवनकै एक हलमा प्रतिनिधिसभाको बैठक सञ्चालनको अस्थायी प्रबन्ध गरिएको छ ।

‘प्रतिनिधिसभाको सभाकक्ष निर्माण सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा बैठकहरू बस्ने र सदस्यको शपथ गर्ने गरी एक महिनादेखि हामीले तयारी गरिरहेका छौं । सिटहरूको व्यवस्थापन भइसकेको छ । रोस्ट्रम, सभामुख, महासचिव, सचिवालय बस्ने ठाउँको पनि व्यवस्थापन गरिएको छ । केही काम भने बाँकी छ, भौतिक पूर्वाधारका काम सकिए पनि प्राविधिक पक्षको काम बाँकी छ,’ गिरीले भने, ‘सुरक्षा व्यवस्थापनको काम सकिएको छ ।’

कान्तिपुर

Link copied successfully