एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका मानिसहरुबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूलमैत्री कानुन निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराए ।
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् ।
एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भेट गर्दै सभापति थापाले कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी पनि दिए ।
एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका मानिसहरुबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूलमैत्री कानुन निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराए ।
नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको जानकारी पनि उनले दिए । एएनओका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले नेपालीपनका माध्यमबाट विश्वभरको नेपाली मनहरु जोड्न नेपाल सरकार र दलहरुले उचित कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसहरु जुनसुकै बेला जे पनि हुनसक्ने त्रासद् अवस्थामा भएकाले उनीहरुको सुरक्षा र उद्धारका लागि विपक्षी दलको हैसियतले नेपाली कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गरेको छ ।
