प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यका रुपमा अर्जुनरसिंह केसीले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Senior member of the House of Representatives, KC, assumes office

काठमाडौं — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनियताको शपथ लिएका थिए । 

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । 

संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्ने छन् । 

कान्तिपुर

Link copied successfully