नले आफूहरू अत्यन्तै प्रतिकूल अवस्थामा महाधिवेशनबाट आएको बताउँदै आफ्नो नेतृत्वमा निर्वाचनमा गएको सत्य स्वीकार्दै त्यसमा आफू जवाफदेही हुनुपर्ने बताए ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले आफूले निर्वाचनलगत्तै राजीनामा दिन चाहेपनि केही प्राविधिक कुराहरूले रोकिएको बताए । कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको निर्वाचनपछि सभापति थापा पहिलोपटक सार्वजनिक रूपमा बोलेका हुन् ।
बैठकमा सभापति थापाले राजीनामा दिनु कुनै ग्लानीको विषय नभएर जवाफदेहिताको विषय भएको पनि बताए । उनले आफूहरू अत्यन्तै प्रतिकूल अवस्थामा महाधिवेशनबाट आएको बताउँदै आफ्नो नेतृत्वमा निर्वाचनमा गएको सत्य स्वीकार्दै त्यसमा आफू जवाफदेही हुनुपर्ने बताए । थापाले आफूले आफ्नो कर्तव्य निर्वाह गरेको र केन्द्रीय पदाधिकारीहरूले राजीनामाको विषयमा फरक निर्णय गरेको बताए । उनले आफ्नो राजीनामा स्वीकार्न अनौपचारिक रूपमा पनि पदाधिकारीहरूसँग कुरा गरेको पृष्ठभूमि पनि बताए । उनले राजीनामा अस्वीकार गर्ने विषय आफ्नो अपेक्षाविपरीत भए पनि यसलाई स्वीकार गर्ने बताए ।
अपडेट भइरहेको समाचार
