नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन समेत आग्रह गरिएको छ।
काठमाडौँ — फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावबाट निर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने भएको छ।
संघीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै शपथ चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिने जनाएको छ।
सचिवालयले सबै निर्वाचित सदस्यलाई शपथ कार्यक्रममा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दै निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो साथमा अनिवार्य रूपमा ल्याउन आग्रह गरेको छ।
निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि सांसदहरूलाई भनिएको छ।
त्यस्तै, नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउन समेत आग्रह गरिएको छ।
