रास्वपा सभापति रवि लामिछानेले भने- मुलुक र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले रोक्न सक्दैन ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले ऐतिहासिक रूपमा आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् ।
रास्वपाका सांसदलाई दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार समापन सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । 'नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास यसपटक हामीलाई गरेका छन्,' उनले भने ।त्यो जिम्मेवारीलाई सांसदहरूले महसुस गर्नुपर्ने सभापति लामिछानेले बताए । मुलुक र जनताले परिवर्तन खोजेको र त्यसलाई कसैले पनि रोक्न नसकेको लामिछानेको भनाइ थियो ।
