कांग्रेस मासिन लागेको होइन, नयाँ ढंगले ‘रिस्ट्रक्चरिङ’ गर्नुपर्ने बेला आयो : सिटौला

'कांग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो सुरू गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन ।'-सिटौला

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Congress is not about to be destroyed, it is time for a new 'restructuring': Sitaula

काठमाडौँ — नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस मासिन लागेको नभई अब उठ्ने बाटोमा लागिसकेको दाबी गरेका छन् । बुधबार पार्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग पार्टी अब उठ्ने बाटोमा लागिसकेको सिटौलाले दाबी गरे ।

'कांग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो सुरू गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन । नेपाली कांग्रेसका नेता, कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने शुभेच्छुकहरू आत्तिनुपर्ने कुनै पनि अवस्था छैन,' उनले भने । 

नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने, नयाँ दृष्टिकोण र विचार बनाउने बेला आएको पनि उनले बताए । 'हामी पार्टीलाई नयाँ ढंगले रिस्ट्रक्चरिङ (पुनर्संरचना) गर्छौँ र यस विषयमा गम्भीर छलफल हुनेछ,' उनले भने । 

उनले बदलिएको परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म उचित नठानेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला छिटो आओस् भन्ने चाहना व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully