बुधबारसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिने

संखुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए  ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Vote counting for proportional representation system to end by Wednesday

काठमाडौँ — यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।

संखुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २,   लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए  । यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले सुनाए ।

समानुपातिकतर्फ अहिलेसम्म एक करोड छ लाख ५९ हजार ८५४ मतगणना भइसकेको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको भने मतगणना यसअघि नै भइसकेको छ ।

कान्तिपुर

Link copied successfully