समानुपातिकको आधा भन्दा बढी मत गणना हुँदा यी ६ पार्टी मात्रै ‘थेस्रहोल्ड’ पार गर्ने अवस्थामा

समानुपातिकमा ३ प्रतिशतको ‘थेस्रहोल्ड’ (मत सीमा) पार गर्नेले मात्रै सिट पाउँछन्।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

With more than half of the proportional representation votes counted, only these six parties are in a position to cross the 'threshold'

काठमाडौँ — प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना ३ क्षेत्रमा मात्रै बाँकी रहँदा समानुपातिकतर्फको भने जारी नै छ। 

यद्यपि, आधा भन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार ७६ लाख २९ हजार ६४८ मत गणना भइसकेको छ। 

जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ लाख ९० हजार ३६३ मत प्राप्त गरेको छ। प्रतिशतमा हेर्दा यो ४८.४८ हो। 

त्यस्तै दोस्रोमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १२ लाख ४६ हजार ४६२ मत प्राप्त गरेको छ जुन १६.३५ प्रतिशत हो।

तेस्रो स्थानमा रहेको नेकपा एमालेले १० लाख ५६ हजार ११५ मत प्राप्त गरेको छ। यो १३.८४ प्रतिशत हो।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४३ हजार ३०४ मत ल्याएको छ। यो प्रतिशतमा हेर्दा ७.११ प्रतिशत हो।

पाँचौ स्थानमा रहेको राप्रपाले २ लाख ६० हजार २४ मत ल्याएको छ। यो ३.४१ प्रतिशत हो।

अनि, छैटौं स्थानमा श्रम संस्कृति पार्टी रहेको छ। यो पार्टीले २ लाख ४७ हजार ८५६ मत प्राप्त गरेको छ। यो ३.२५ प्रतिशत हो।

समानुपातिकमा ३ प्रतिशतको ‘थेस्रहोल्ड’ (मत सीमा) पार गर्नेले मात्रै सिट पाउँछन्। 

समानुपातिकतर्फका ११० सिटको बाँडफाँट मत प्रतिशतका आधारमा गणाना हुन्छ।  *सच्याइएको

कान्तिपुर

Link copied successfully