धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको, तर त्यसपछि पनि आयोगले उनलाई प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै पार्टीले आपत्ति जनाएकाे छ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ मा प्रतिनिधि सभा सदस्यका लागि विजयी भएका आफ्ना उम्मेदवारलाई अहिलेसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
सामेबार नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गरेर धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको, तर त्यसपछि पनि आयोगले उनलाई प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै पार्टीले आपत्ति जनाएका छन्।
‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन अनुसार हाम्रो उम्मेदवार विजयी भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि पनि प्रमाणपत्र नदिनु, आयोगको प्रक्रिया र विधि विपरीतको कार्य हो र गम्भीर चिन्ताको विषय हो।’
विज्ञप्तिमा आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ अनुसार किशोरी साह कमल को उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरिएको छ।
‘हामी आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछौं। साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास राख्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो छ आयोगले सार्वजनिक गरेको परिणाम

