श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई उनले ९११ मतले पराजित गरे ।
पाँचथर — प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-१ बाट कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई ९११ मतले पराजित गर्दै राई विजयी भएका हुन् ।
राईले १४ हजार ५४३ मत ल्याए भने लिम्बुले १३ हजार ६३२ मत पाए । तेस्रो स्थानमा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत पाए भने रास्वपाका विमल गदालले ९ हजार १६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
