यहाँ खसेको ६३ हजार ९ सय ९५ मध्ये पौने ४ बजेसम्म ६२ हजार २ सय ७९ मत गणना भइसकेको छ। अब १ हजार ७ सय १६ मत मात्रै गन्न बाँकी छ ।
पाँचथर — इलाममा पछिल्लो मतगणनामा कांग्रेसका निस्कल राईले मतान्तर बढाएका छन् ।
उनलाई १३ हजार ९ सय १२ मत प्राप्त हुँदा प्रतिस्पर्धामा रहेका श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङ लिम्बू १३ हजार ४ सय ९३ मतसहित पछ्याइरहेका छन् । प्रतिस्पर्धीबीचको मतान्तर ४ सय १७ छ । यसअघि उनीहरुबीचको मतान्तर ७५ मा खुम्चिएको थियो ।
एमालेका काजीमान कागते ११ हजार ७ सय १० मतसहित तेस्रो स्थानमा छन् । यहाँ खसेको ६३ हजार ९ सय ९५ मध्ये पौने ४ बजेसम्म ६२ हजार २ सय ७९ मत गणना भइसकेको छ। अब १ हजार ७ सय १६ मत मात्रै गन्न बाँकी छ ।
