रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल विजयी

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हारे चुनाव

फाल्गुन २४, २०८२

शिव पुरी

RSP's Rabindra Patel wins in Rautahat-3

रौतहट — रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका रवीन्द्र पटेल विजयी भएका छन्। २७ हजार ३१८ मत पाई पटेल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका गोविन्द चौधरीले ११ हजार ९५४ मत पाएका छन्।

यो क्षेत्रमा लगातार जित्दै आएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह तेस्रो स्थानमा रहे। साहले ८ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। नेकपा एमालेका कुन्दन कुशवाहाले ६ हजार ६ सय ५ मत पाए।

यो क्षेत्रमा स्वतन्त्रसहित विभिन्न पार्टीका ४१ जना उम्मेदवार चुनावी मैदानमा थिए। विद्यार्थी जीवनबाट उदाएका पटेल नेपाली कम्युनिस्ट पार्टीका नेता थिए। निर्वाचनअघि मात्र उनी रास्वपा प्रवेश गरेका थिए।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully