नारायणकाजी श्रेष्ठ पराजित, रास्वपाका साह विजयी

नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्।

फाल्गुन २४, २०८२

ओमप्रकाश ठाकुर

Narayan Kaji Shrestha defeated, Sah of Rashtriya Swayamsevak Sangh wins

सर्लाही —  प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह फराकिलो मतान्तरले विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका बिनोद खनालले ६ हजार ६ सय २४ मत पाए भने यस क्षेत्रका निवर्तमान सांसद एवं पूर्व रक्षामन्त्री हरि उप्रेतीले ५ हजार ७ सय ७६ मत प्राप्त गरेका छन्।

साहले श्रेष्ठसँग ३३ हजार ५ सय ५२ मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेको क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस क्षेत्रमा मतगणना सुरु भएदेखि नै साहले फराकिलो अन्तरसहित निरन्तर अग्रता कायम राखेका थिए।

२०७९ को निर्वाचनमा एमालेका उप्रेतीले तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेका साहलाई झिनो मतान्तरले पराजित गरेका थिए।

अघिल्लो पटक झिनो मतान्तरले पराजित भएका साह यस पटक रास्वपामा प्रवेश गरी अत्यधिक मतका साथ विजयी भएका हुन्। 

ओमप्रकाश

Link copied successfully