नेपाल कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा डोल्पाबाट निर्वाचित भएका छन्।
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढा डोल्पाबाट निर्वाचित भएका छन्। उनी यसअघि माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीका नेता हुन्।
कात्तिकमा माओवादी र समाजवादीबीच एकता भएको थियो । नेपाल पक्षबाट निर्वाचित हुने उनी एक्ला नेता हुन्। नेपाल नेकपाको सहसंयोजक छन्।
बुढा नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायसँग १ हजार ४ सय ६ मतान्तरले विजयी भएका हुन्। उनले ६ हजार ८ सय १ मत ल्याएका थिए । उम्मेदवार भएका नेपाललगायत नेता पराजित भइसकेका छन्।
