झापा-२ मा पूर्वउपसभामुख राना मगरको जित, पूर्वसभामुख घिमिरे पराजित

रास्वपाबाट उम्मेदवारी दिएकी रानामगरले घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले हराएकी हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Former Deputy Speaker Rana Magar wins in Jhapa-2, former Speaker Ghimire defeated

काठमाडौँ — झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरले पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गरेकी छिन् ।

रास्वपाबाट उम्मेदवारी दिएकी रानामगरले घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले हराएकी हुन् । रानामगरले ६० हजार १ सय १० मत प्राप्त गर्दा घिमिरेले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । दुवै जना विघटित प्रतिनिधिसभामा सभामुख र उपसभामुख थिए । घिमिरे सोही क्षेत्रबाट २०७९ को निर्वाचनमा निर्वाचित सांसद थिए भने रानामगर रास्वपाबाट समानुपातिक सांसद थिइन् ।

कान्तिपुर

Link copied successfully