कांग्रेस सभापति गगन थापा पराजित

सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Congress President Gagan Thapa defeated

काठमाडौँ — सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति गगन थापा रास्वपा उमेदवार अमरेशकुमार सिंहसँग पराजित भएका छन् ।

सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । तेस्रोमा एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।

यसअघिको निर्वाचनमा काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक उमेदवारी दर्ता गर्न सर्लाही गएका थए । काठमाडौं ४ मा यसपटकको निर्वाचनमा रास्वपा उम्मेदवार पुकार बम विजयी भएका छन् ।

कान्तिपुर

Link copied successfully