निकटतम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४ सय ९९ सय मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
पाँचथर — पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४ सय ९९ सय मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गर्दा शेर्माले १४ हजार ७ सय ३४ मत ल्याएका छन् ।
एमालेका अइन्द्रसुन्दर नेम्वाङ १४ हजार २ सय ३४ मत ल्याएर तेस्रो तथा नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४ सय ४३ मत ल्याएर चौथो स्थान सुरक्षित गरे । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार १ सय ८७ मत ल्याएर पाँचौ स्थानमा सीमित रहेको छ ।
यहाँ १५ दलका १५ उम्मेदवार थिए । यसअघि लामो समयसम्म शिक्षण र प्राध्यापन गरेका केरुङ यसअघि २ पटक कांग्रेसको पाँचथर जिल्ला सभापति थिए । उनी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
