प्रतिवेदन बुझाउन आयोगका संयोजक गौरीबहादुर कार्कीसहितको टोली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेको छ ।
काठमाडौँ — भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न बनेकाे जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रतिवेदन बुझाउन आयोगका संयोजक गौरीबहादुर कार्कीसहितको टोली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेको छ ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
सरकारले ५ असोजमा आयोग गठन गर्दै जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन महिनाको समय दिएको थियो । तर आयोगले काम नसकेपछि म्याद थप हुँदै निर्वाचनपछिलाई प्रतिवेदन बुझाउने मिति धकेलिएको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको समेत बयान लिएको थियो । आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्नसमेत जेनजीको एउटा समूहले दबाब दिइरहेको छ ।