बालेनको प्रतिक्रिया : ‘हर्कलाई सधैँ माया छ’

राईको उक्त पोस्टपछि बालेनले सार्वजनिक रूपमा दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Balen's response: 'Hark is always loved'

काठमाडौँ — बालेन शाहले हर्कराज राईप्रति आफ्नो सधैँ माया रहने बताएका छन्। आइतबार सुनसरी-१ मा विजयी भएपछि राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू पहिलो भएको उल्लेख गरेका थिए।

आइतबार दिउँसो १:१८ बजे उनले फेसबुकमा लेखेका छन्, 'लु, अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति ।'

सोही पोस्टमा प्रतिक्रिया दिँदै बालेनले राईप्रति आफ्नो सद्भाव प्रकट गरेका छन् । उनले कमेन्टमा लेखेका छन्, 'तपाईंलाई सधैँ माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैँ माया छ ।'

राईको उक्त पोस्टपछि बालेनले सार्वजनिक रूपमा दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

कान्तिपुर

Link copied successfully