सप्तरी-३ मा उपेन्द्र यादवलाई हराउँदै रास्वपाका अमरकान्त चौधरी निर्वाचित

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित

फाल्गुन २४, २०८२

विद्यानन्द राम

Amarkant Chaudhary of Rashtriya Swayamsevak Sangh (RSS) was elected in Saptari-3, defeating Upendra Yadav.

राजविराज — सप्तरी–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याएका हुन् । यादवले भने १६ हजार मत पनि ल्याउन सकेन ।


यादवले १५ हजार २ सय ३९ मत पाउँदा नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४ सय २८ मत ल्याए । नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७ सय १५, जनमत पार्टीका सरेन्द्रप्रसाद शर्माले २ हजार ८ सय ६९, नेपाली कम्युनिस्ट पार्टीका अरुणकुमार साहले १ हजार ६ सय ३५ मत ल्याए ।


२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका निर्वाचित चौधरीका बुवा स्वर्गीय चन्द्रकान्त चौधरी सोही वर्षमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यो बेला उनका बुवा चन्द्रकान्तले २२ हजार ५ सय ८४ ल्याएर निर्वाचित भएका थिए ।


कुल १ लाख ११ हजार ८ सय ७१ जना मतदाता रहेको यहाँ ४० हजार २ सय २३ महिला र ३४ हजार ६ सय ५९ पुरुष गरी ७४ हजार ८ सय ८२ मत खसेको थियो । यसअघि सप्तरी–१ मा रास्वपाकी पुष्पाकुमारी चौधरी र ४ मा पनि रास्वपाकै सीताराम साह निर्वाचित भइसकेका छन् ।  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully