निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८ सय ४५ मतले पछाडि पारेका हुन् ।
विराटनगर — मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८ सय ४५ मतले पछाडि पारेका हुन् ।
न्यौपानेले २७ हजार ३ सय ६७ मत प्राप्त गरेका छन् । पाख्रिनले १७ हजार ५ सय २२ मत मात्र ल्याएका छन्।कांग्रेसका खडगबहादुर फागोले ११ हजार ९ सय ८६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । एमालेका घनश्याम खतिवडाले ९ हजार ८ सय २३ मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।
