प्यूठानमा रास्वपाका सुशान्त वैदिक विजयी

वैदिकले २७ हजार ४६९ र पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन् ।

फाल्गुन २३, २०८२

शमशेरविक्रम जीसी

RSP's Sushant Vaidik wins in Pyuthan

प्यूठान — प्यूठानमा रास्वपाका सुशान्त वैदिक विजयी भएका छन् । कांग्रेसका डा गोविन्दराज पोखरेललाई ९ हजार १३२ मतले पराजित गर्दै वैदिक निर्वाचित भएका हुन् । वैदिकले २७ हजार ४६९ र पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन् ।

प्यूठानमा १४ राजनैतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए । एमालेका सूर्यबहादुर थापा क्षेत्रीले १६ हजार ७१० मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ४७ र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ६५४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डितले ४१५, मंगोल नेशनल अर्गनाईजेशनका हर्कबहादुर पुनले ८१, नेकपा संयुक्त हसिया चुनाव चिन्हका नविन कुुमार कक्षपतिले ४३, नेशनल रिपब्लिक नेपालका तारासिं थापा मगरले ९४, श्रम संस्कृति पार्टीका गोविन्द गिरीले ५९४, नेकपा माओवादीकी सीता विकले ५०१ मत प्राप्त गरेका छन् । 

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully