लमजुङमा रास्वपा उम्मेदवार केसी जितनजिक

अब बेंसीसहर नगरपालिका ७ देखि ११ सम्मको मतगणना बाँकी छ ।

फाल्गुन २३, २०८२

आश गुरुङ

RSP candidate KC close to victory in Lamjung

लमजुङ — लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार धर्मराज केसी जितनजिक देखिएका छन् । लमजुङको ७ पालिका र बेंसीसहर नगरपालिका १ देखि ६ सम्मको मतगणना भइसक्दा उनी निकटम प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मतले अघि छन् ।

अब बेंसीसहर नगरपालिका ७ देखि ११ सम्मको मतगणना बाँकी छ ।

६६ हजार ९ सय ७५ मत गणना हुँदा रास्वपा उम्मेदवार केसीले २९ हजार ३ सय ५९ मत ल्याएका छन् । कांग्रेसका गमप्रसाद गुरुङले १५ हजार १ सय ६०, एमालेका पृथ्वीसुब्बा गुरुङले १५ हजार १ सय र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार हरिजङ तामाङले ३ हजार ५४ मत ल्याएका छन् । २ हजार २ सय मत बदर भएका छन् ।

लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता रहेकोमा ७६ हजार ६ सय ३१ मत खसेको थियो । निर्वाचनमा १ जना स्वतन्त्रसहित ११ जना राजनीतिक दलका उम्मेदवारहरु प्रतिष्पर्धामा थिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully