३७ वर्षीय पाठकले ३८ हजार ६७४ मत पाएका छन् ।
झापा — झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
३७ वर्षीय पाठकले ३८ हजार ६७४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत पाए ।
कांग्रेसका राजेन्द्र घिमिरे तेस्रो भए उनले ८ हजार १ सय ९९ मत पाए भने एमालेका हरि राजवंशी ७ हजार ४ सय ९२ मतका साथ चौथो भए । विगतमा यो क्षेत्रमा एमाले–राप्रपा तालमेल हुँदै आएको थियो ।
