निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन्।
पर्सा — पर्सा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन्। निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिल कुमार रुगंटाले ११ हजार ८ सय ८५ मत पाएका छन्।
पन्तले प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पराजित गर्दै पर्सा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्। जिल्ला निर्वाचन कार्यालय पर्साले उनको निर्वाचित भएको घोषणा गरेको छ।
