म्याग्दीमा महावीर पुन तेब्बरबढी मतान्तरले विजयी

पुनले एमालेका हरीकृष्ण श्रेष्ठलाई तेब्बरबढी मतान्तरले पराजित गरेका हुन्।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Mahavir Pun wins by a three-fold margin in Myagdi

म्याग्दी — म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले भारी मतान्तरले विजयी भएका छन्। पुनले एमालेका हरिकृष्ण श्रेष्ठलाई तेब्बरबढी मतान्तरले पराजित गरेका हुन्।

पुनले २२ हजार ८ सय ५० मत पाउँदा श्रेष्ठले ७ हजार ९ सय १९  मत पाए । त्यसैगरी कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६ सय ८३ र नेकपाका अर्जुन थापाले ३ हजार ५ सय २९ मत पाएका छन् । 

मुख्य निर्वाचन कार्यालय म्याग्दीका अनुसार कुल ४६ हजार २ सय १५ मत खसेको थियो ।  मत बदर भएका छन्।

विजय जुलश र भोज गर्न महावीरले लगाए रोक

महावीर पुनले विजयी भएपछि आफ्ना समर्थक र शुभेच्छुकहरुलाई आफ्नो विजयमा कुनै विजयोत्सव नमनाउन र भोजभतेर नगर्न आग्रह गरेका छन्। 

उनले समाजिक सञ्जाल फेसबुकमा भोलि मिलेर काम गर्नुपर्ने भएकोले प्रतिस्पर्धीलाई अपमान हुने भएकोले विजयउत्सव मनाउन पैसा र समय खर्चर बेनी नआउन र मनाउने भए आआफ्नै गाउँमा मनाउन आग्रह गरेका छन्।

कान्तिपुर

Link copied successfully