हालसम्म यहाँ ७५ हजार ३७७ मत गणना भइसकेको छ ।
झापा — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ को पछिल्लो मतगणनामा रास्वापका बालेन्द्र शाहले ४७ हजार ७७९ मतसहित अग्रता कायमै राखेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १२ हजार ६९९ मत ल्याएका छन् । तेस्रोमा श्रम संस्कृति पार्टी छ । यसका उम्मेदवार समिर तामाङले ७ हजार ५३५ मत प्राप्त गरेका छन् । कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ३१८, नेकपाका रन्जित तामाङले १ हजार ८७ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला १ हजार २१ मत पाएका छन् । ने
हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । जसमा ३ हजार ३० मत बदर भएको छ ।
