ज्ञानेन्द्र शाहीले दिलाए राप्रपालाई पहिलो जित

उनले नेकपाका नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Gyanendra Shahi gives RPP its first victory

काठमाडौँ — बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मगतणनामा राप्रपाले पहिलो जित निकालेको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका हुन् ।

उनले १४ हजार ८ सय १६ मत प्राप्त गरे । नेकपाका नरेश भण्डारीलाई उनले ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले  ११ हजार ६ सय ३५ मत प्राप्त गरे ।

कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १ सय ४३, एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८, रास्वपाकी विनिता कठायतले ४२१, नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय, प्रगतिशील लाेकतान्त्रीक पार्टीका मनऋषि धितालले ११२ मत प्राप्त गरे । कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकामा ४० हजार ८ सय ३९ मत खसेकाे थियाे । बदर मत १ हजार ७ सय रहेकाे छ ।

कान्तिपुर

Link copied successfully