राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहरा ३३ हजार ९५२ मतसहित विजयी भएका हुन् ।
कञ्चनपुर — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहरा ३३ हजार ९५२ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् ।एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ र नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ मत ल्याएका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानाले ५६० मत पाएकी छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५ मत, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १४५, नेकपा माओवादीका लोकेन्द्रबहादुर विकले १४३ र जनमत पार्टीका रामचन्द्र भट्टले १२५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उज्यालो नेपाल पार्टीका योगेन्द्र बहादुर साउदले ९३, स्वतन्त्र उम्मेदवार वीरेन्द्र रानाले ८१, नेपाल मजदुर किसान पार्टीका सिताराम रानाले ७२, स्वतन्त्र उम्मेदवार हरिशबहादुर भट्टले ४४, आम जनता पार्टीका जग्गु चौधरीले ३७, संयुक्त नागरिक पार्टीका खडक ताम्राकारले ३२, स्वतन्त्र उम्मेदवार भानुभक्त बोहराले २६, स्वतन्त्र उम्मेदवार सिद्धराज जोशीले १९ र मितेरी पार्टी नेपालका तेजबहादुर वडवालले १८ मत प्राप्त गरेका छन् ।
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६४ हजार ८८१ मत खसेको थियो । जसमा ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष रहेका छन् । यहाँ ५९.२१ प्रतिशत मतदान भएको थियो ।
