३७ वर्षीय भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत हुन् ।
अर्घाखाँची — दुई ठूला दल कांग्रेस र एमालेलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले संसदकाे यात्रा तय गरेका छन् ।
उनले ३५ हजार २३ मत ल्याएर निकटतम प्रतिष्पर्धी एमालेका पीताम्बर भुसालले १२ हजार ३ सय ७४ मतले पराजित गरे । पीताम्बरले २२ हजार ६ सय ४९ र कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९ सय ८३ मत ल्याए ।
२०७४ मा उनी प्रदेशसभा १ मा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए। विवेकशील छाडेर स्वतन्त्र बनेका भुसाल ०७९ मा रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार थिए। त्यतिबेला ३२ सय मत ल्याएका थिए ।
रास्वपाले पुनः उनलाई उम्मेदवार बनाएको थियोे । विद्यार्थी समयमै राजनीति बहस गर्ने उनी स्नातक तहमा अध्ययनरत छन् । केही समय काठमाडौं बसेर जिल्लामा फर्केर सन्धिखर्कमा पत्रकारिता गरेेका थिए । मिडिया सञ्चालक, लेखक र व्यावसायी हुन् ।
उनलेे विभिन्न लेख, सामाजिक सञ्जालमार्फत जिल्लाकाे विकास निर्माण, सुशासन, भष्टाचार नियन्त्रयलगायतका विषयमा आवाज उठाउँदै आएका छन् । ३७ वर्षीय भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत हुन् ।
