अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गर्दै विजयी भएकी छन्।
सर्लाही — प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नितिमा भण्डारी कार्की निर्वाचित भएकी छन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । एमालेका मनोज कुमार देवकोटाले ६ हजार १ सय १ मत पाएका छन्।
कार्कीले आफ्नो प्रतिद्वन्द्वीसँग ३६ हजार ३ सय १० मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेको क्षेत्र १ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
