पाल्पा-१ मा रास्वपाका उम्मेदवार विमल पन्तको अग्रता कायमै

पाल्पा क्षेत्र नं. १ मा अन्तर्गतको ३७ वडामध्ये दुई वटाको मतगणना सकिएको छ ।

फाल्गुन २२, २०८२

माधव अर्याल

RSVP candidate Bimal Panta maintains lead in Palpa-1

पाल्पा — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पाल्पा क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजाअनुसार रास्वपा उम्मेदवार विमल पन्तले अग्रता दिएका छन् । 

शुक्रबार बिहान ४ बजेदेखि भएको मतगणनाअनुसार पाल्पा क्षेत्र नं. १ मा अन्तर्गतको ३७ वडामध्ये दुई वटाको मतगणना सकिएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ५ र तानसेन नगरपालिका ८  को २ हजार ५ सय१९ मत गणना गर्दा पन्तले १ हजार ३०६ प्राप्त गरेका छन् ।

एमालेका नारायणप्रसाद आचार्यले ५ सय ५४,  कांग्रेसका सन्दीप रानाले ३२२, नेकपाका हुमबहादुर सुनारी मगरले १७० र मंगोल नेसनल अर्गनाईजेसनका सलन चिदीले ५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

क्षेत्र नं. १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । पाल्पा क्षेत्र नं. १ मा कुल मतदाता ९८ हजार ३८३ मध्ये ५१ हजार ८ सय ८१ मत खसेको थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully