रवीन्द्र मिश्रको 'ह्याट्रिक' हार

राप्रपा उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं-१ बाट तेस्रो हार बेहोरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Ravindra Mishra's 'hat-trick' defeat

काठमाडौँ — राप्रपा उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं-१ बाट तेस्रो हार बेहोरेका छन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा उनी तेस्रो मतमै खुम्चिए ।

सो क्षेत्रमा रास्वपाकी रञ्जु दर्शना विजयी बनिन् । उनले १५ हजार ४ सय ५५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाए । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका  मिश्र ३ हजार ९ सय ७२ मतमा सीमित भए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए । 

मिश्र लगातार यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । २०७४ को निर्वाचनमा उनी कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । सिंहले १० हजार ९३६ मत ल्याउँदा उनले १० हजार ११८ मात्रै ल्याए । मिश्र त्यसबेला विवेकशील-साझाका तर्फबाट उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा भने राप्रपाका उम्मेदवार मिश्रले मतान्तर निकै कम पारे तर जित हासिल गर्न सकेनन् । कांग्रेसका सिंहसँग पुन: प्रतिस्पर्धा गरेका मिश्र १३२ को झिनो मतान्तरले पराजित बनेका थिए । सिंहले ७ हजार १४३ मत पाए भने मिश्र ७ हजार ११ मतमै सीमित रहे ।

यो पनिरवीन्द्र मिश्रको श्रीपेचपूजक राजनीति

कान्तिपुर

Link copied successfully