दुवै क्षेत्रमा कांग्रेस र एमाले उम्मेदवारले पच्छ्याइ रहेका छन् ।
बागलुङ — बिहीबार भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा बागलुङको दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस र एमालेका उम्मेदवारले पच्छ्याइ रहेका छन् ।
शुक्रबार बेलुकीसम्म बागलुङ-१ मा रास्वपाका सुशील खड्काले २ हजार ३ सय ३८ मत पाउँदा निकटतम प्रतिद्वन्दी एमालेका हिराबहादुर केसीले १ हजार ९९ र कांग्रेसका भीम श्रीषले १ हजार ८७ मत ल्याएका छन् । राष्ट्रिय जनमोर्चाले आफ्नो गढ मानिएको यो क्षेत्रमा अहिलेसम्म १ सय १८ मत मात्रै पाएको छ ।
क्षेत्र नम्बर २ मा रास्वपाका सोम शर्माले ४ हजार १ सय ३४ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका टेकराज पौडेलले ३ हजार ६ सय २३ मत ल्याएका छन् । नेकपाका ज्ञामनाथ गैरेले ३ हजार ३ सय १४ मत ल्याउँदा एमालेकी मञ्जु शर्माले २ हजार ३ सय ६७ मत पाएकी छिन् । क्षेत्र नं १ को सदरमुकामस्थित जिल्ला समन्वय समिति र क्षेत्र नं २ को ९० किमी पश्चिमको बुर्तिवाङमा मतगणना भैरहेको छ ।
