राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले मतान्तर बढाउँदै लगेका छन् ।
काठमाडौँ — कञ्चनपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले मतान्तर बढाउँदै लगेका छन् ।
उनलाई पूर्वपरराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पछ्याइरहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार बोहराले ९ हजार ८ सय ९० मत ल्याउँदा साउदले जम्मा २ हजार ९ सय १५ मत मात्र प्राप्त गरेका छन् ।
साउदभन्दा ६ हजार ९ सय ७५ बढी मतले बोहरा अगाडि छन् । यो क्षेत्रमा तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का माधवप्रसाद पन्त छन् । पन्तले अहिलेसम्म १ हजार ९ सय ५८ मत मात्र प्राप्त गरेका छन् ।
