जारी मतगणनामा एमालेका केपी शर्मा ओलीले २ हजार ६९२ मत ल्याएका छन् ।
झापा — झापा क्षेत्र नम्बर-५ को पछिल्लो मतपरिणामअनुसार रास्वपाका बालेन्द्र शाह ११ हजार ९४५ मतसहित अगाडि छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केपी शर्मा ओलीले भने २ हजार ६९२ मत ल्याएका छन् । श्रम संस्कृति पार्टी तेस्रो स्थानमा छ । यसका उम्मेदवार समिर तामाङले १ हजार ४७७ मत प्राप्त गरेका छन् । नेकपाका रन्जित तामाङले ३५५ र कांग्रेसकी मन्धरा चिमरियाले ३३५ मत ल्याएकी छन् ।
अहिलेसम्म यहाँ १८ हजार ९७ मत गणना भइसकेको छ ।
