निर्वाचन आयोगकाअनुसार उनले २७ हजार ८ सय ५ मत प्राप्त गरे । पराजुलीको उक्त निर्वाचन क्षेत्रमा दोस्रो पटक जित भएको हो । यसअघि २०७९ निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए ।
काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भएका छन् ।
निर्वाचन आयोगकाअनुसार उनले २७ हजार ८ सय ५ मत प्राप्त गरे । पराजुलीको उक्त निर्वाचन क्षेत्रमा दोस्रो पटक जित भएको हो । यसअघि २०७९ निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए ।
उनको प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९ सय ८२ मत ल्याए । नेपाल कम्युनिष्ट पार्टीका बसन्तप्रसाद मानन्धरले ३ हजार ६ सय ६७ मत प्राप्त गरे । एमालेका प्रकाश श्रेष्ठ ३ हजार ५ सय ४४ मत प्राप्त गरी चौथों भएका छन् ।
उज्यालो पार्टीका विमला तामाङले १ हजार ३ सय ८३ र राप्रपाका लालकुमार तामाङले १ हजार ३ सय ८१ मत ल्याएका छन् ।