हुम्लामा आजै ७:४५ बजेदेखि मतगणना सुरु हुने

कुल ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Counting of votes in Humla to begin at 7:45 AM today

काठमाडौँ — हुम्लामा आजै ७:४५ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलिय बैठक सकिएको र आजै मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य मतदान अधिकृत नीलकण्ठ बरालले बताए । 

'मतपेटिका संकलन भइसक्यो, सर्वदलीय बैठक बसेर आजै ७:४५ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेका छौं,' उनले भने । 

हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५.३६ प्रतिशत मतदान भएको छ । कुल ३४ हजार ३ सय ७२ मतदाता रहेको हुम्लामा २२ हजार ४ सय ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully