रूपन्देही–२ को मतगणना सुरु

२ मा १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् ।

फाल्गुन २२, २०८२

घनश्याम गौतम

Counting of votes begins in Rupandehi-2

बुटवल — रूपन्देही निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा बसेको अनौपचारिक सर्वदलीय बैठकपछि  तिलोत्तमा वडा नं १ बाट  मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत हुमबहादुर पाण्डेले बताए । 

रूपन्देही निर्वाचन क्षेत्र नं २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् । यस क्षेत्रमा एमालेबाट विष्णु पौडेल, नेपाली कांग्रेसबाट चुन्नप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट विश्वदीप पाण्डेसहित ३९ जना उमेदवार प्रतिस्पर्धामा छन् । तर, एमाले, कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । 

पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीका अन्य निर्वाचन क्षेत्रको मतगणना पनि बहीबार रातिदेखि नै गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए । उनका अनुसार अन्य निर्वाचन क्षेत्रको मतगणनाका लागि सबै निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक भइरहेका छन् । दलहरूको सहमति जुटेपछि गणना सुरु हुने उनले बताए ।

६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रूपन्देहीका ५ निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ९ सय ६३ जनाले मतदान गरेका थिए । रूपन्देहीमा ७ सय ३६ निर्वाचन केन्द्रमार्फत मतदान भएको हो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully