दाहालले लेखेका छन्, 'मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ। '
काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभा चुनाव सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको बताएका छन् ।
बिहीबार मतदान सकिएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै संयोजक दाहालले जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।
दाहालले लेखेका छन्, 'म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज एवम सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।'
दाहालले लेखेका छन्, 'मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु।'
