१८ वर्षपछि नेत्रविक्रम चन्दले गरे मतदान

चन्द भन्छन्, 'विशेष परिस्थितिमा मतदान गरेको हुँ'

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Netra Bikram Chand casts his vote after 18 years

काशीराम डाँगी,मीनराज रोका/रोल्पा

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले  रोल्पाबाट मतदान गर्दै शान्तिका लागि मतदान गरेको बताएका छन्। उनले निकै लामो समयपछि निर्वाचनमा मतदान गर्नुपरेको बताए ।

लामो समयदेखि निर्वाचन बहिष्कार गर्दै आएका चन्दले यो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जन्मगाउँ परिवर्तन-३ केवरीस्थित थुनीकोट माविको 'क' केन्द्रबाट मतदान गरेका हुन्। उनले निर्वाचनमा १८ वर्षपछि मात्रै मतदान गरेको सुनाए।

Netra Bikram Chand casts his vote after 18 years

'२०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा मतदान गरेको थिएँ। त्यस अघिसम्म सशस्त्र युद्धमा सहभागी भयौं।' उनले भने, 'त्यसपछि त हामीले बेग्लै आन्दोलन गर्दै आयौं। यो अवधिमा निर्वाचनको बहिस्कार पनि गरियो। अहिले भने पुनः मतदान गर्ने निर्णयमा पुगेका हौं।' २०४५ सालमा चन्दको परिवार बसाइँसराइ गरेर कपिलवस्तु जिल्लामा गए पनि मतदाता नामावली भने उनको जन्म गाउँ इरिबाङमा नै रहेको थियो।

चन्दले गत भदौ २३ र २४ को जेन-जी विद्रोह पछिको विशेष समय आएकाले मतदान गर्न मन लागेको बताए । 'यस्तो परिस्थितिमा निर्वाचनमा मतदान गरेको हुँ।' उनले संविधान संशोधन गरेर प्रत्यक्ष प्रधानमन्त्री छान्न पाउने व्यवस्ता भए स्थिर राजनीति हुने बताए । तर त्यस्तो अवस्था न भएको उनको तर्क छ। सुरुमा रोल्पाबाट उम्मेदवार हुने चर्चा भएपनि उनी पछि हटेका थिए। हाम रोल्पाबाट उम्मेदवार पार्टीका नेता चुडामणि वली छन्।

रोल्पामा ८६ वटा मतदान स्थल र १ सय ८० मतदान केन्द्र छन्। सबै मतदाता संख्या १ लाख ४९ हजार ५९७ छ भने महिला मतदाता ७४ हजार ९०७ र पुरुष मतदाता ७४ हजार ६९० छन्।

कान्तिपुर

Link copied successfully