काठमाडौंमा मतदान सकेपछि बालेन हेलिकोप्टरमार्फत झापा प्रस्थान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार बालेन हेलि एभरेष्ट को हेलिकोप्टरमार्फत झापा जान लागेका हुन्।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

After voting in Kathmandu, Balen leaves for Jhapa by helicopter

काठमाडौँ — काठमाडौंमा मतदान प्रक्रिया सम्पन्न गरेपछि झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार बिहान हेलिकोप्टर चार्टर उडानमार्फत झापा प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार बालेन हेलि एभरेष्ट को हेलिकोप्टरमार्फत झापा जान लागेका हुन्।

'काठमाडौंमा मतदान सकेर बालेन हेलि एभरेष्टको हेलिकोप्टरबाट झापा जाँदै छन्,' ती अधिकारीले जानकारी दिए।

आज काठमाडौंबाट झापाका लागि कुनै पनि नियमित हवाई उडान नभएको जनाइएको छ। सोही कारण चार्टर उडानमार्फत यात्रा व्यवस्थापन गरिएको बताइएको छ।

हेलि एभरेष्टका अर्का लगानीकर्ता मिङमा शेर्पा पनि संखुवासभाबाट रास्वपाकै तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।

कान्तिपुर

Link copied successfully