कोशी प्रदेशमा ५८ दशमलव ५६ प्रतिशत मत खस्यो

कोशी प्रदेशभर रहेका ३५ लाख ७४ हजार ३१० मतदातामध्ये २० लाख ७८ हजार ७ सय ८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

फाल्गुन २१, २०८२

पर्वत पोर्तेल

58.56 percent voter turnout in Koshi Province

विराटनगर — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा कोशी प्रदेशमा कुल ५८ दशमलव ५६ प्रतिशत मत खसेको छ।

प्रदेशभर रहेका ३५ लाख ७४ हजार ३१० मतदातामध्ये २० लाख ७८ हजार ७ सय ८८  जनाले मतदानगरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कोशी प्रदेशमा तराईका जिल्लामा मतदान प्रतिशत उच्च देखिएको निर्वाचन कार्यालयले जनाएको छ। पहाडी जिल्लामा अपेक्षाकृत कम मतदान भएको तथ्यांकले देखाएको छ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा धेरै मतदान झापामा भएको छ। झापामा ७ लाख १३ हजार ५ सय ३७मतदातामध्ये ४ लाख ५६ हजार ९ सय६४ मत खस्दा ६४ दशमलव ०४ प्रतिशत मतदान भएको छ। त्यस्तै मोरङमा पनि ६४ दशमलव ५६ प्रतिशत मत खसेको छ।मोरङका ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५ सय १४जनाले मतदान गरेका छन्।

सुनसरीमा ५ लाख ८० हजार ९ सय ४६ मतदातामध्ये ३ लाख ९९ हजार ६ सय मत खसेर ६३ दशमलव ६२ प्रतिशत मतदान भएको छ।

पहाडी जिल्लाहरूमा भने मतदान प्रतिशत तुलनात्मक रूपमा कम देखिएको छ। खोटाङमा १ लाख ४७ हजार १ सय २०मतदातामध्ये ६३ हजार ३५ मत खसेर ४२ दशमलव ८५ प्रतिशत मतदान भएको छ। ओखलढुंगामा १ लाख २२ हजार ७ सय १५मतदातामध्ये ५२ हजार ६सय ३३ मत खसेको छ, जुन ४२ दशमलव ८९ प्रतिशत हो।

ताप्लेजुङमा ९० हजार ३ सय२७ मतदातामध्ये ४६ हजार ४ सय२मत खसेर ५१दशमलव ३६ प्रतिशत मतदान भएको छ। पाँचथरमा १ लाख ४३ हजार ४सय८ मतदातामध्ये ७१ हजार१ सय७०मत खसेको छ, जुन ४९ दशमलव ६३ प्रतिशत हो।

इलाममा २ लाख ३१ हजार ८ सय९ मतदातामध्ये १ लाख ३२ हजार २ सय१४मत खसेर ५७दशमलव ०४ प्रतिशत मतदान भएको छ। संखुवासभामा १ लाख १९ हजार ६ सय३० मतदातामध्ये ६३ हजार ६ सय मत खसेर ५३ दशमलव १९ प्रतिशत मतदान भएको छ।

तेह्रथुममा ७३ हजार १सय३७ मतदातामध्ये ३९ हजार १सय९३ मत खसेर ५३दशमलव ५९प्रतिशत मतदान भएको छ। भोजपुरमा १ लाख २५ हजार ७सय६६ मतदातामध्ये ५८ हजार ६९ मत खसेको छ, जुन ४६ दशमलव१७ प्रतिशत हो। धनकुटामा १ लाख १८ हजार ४सय२५ मतदातामध्ये ५४ हजार ३सय६९ मत खसेर ४५दशमलव ९१ प्रतिशत मतदान भएको छ।

सोलुखुम्बुमा ८५ हजार ५सय१५ मतदातामध्ये ४१ हजार ४ सय१ मत खसेर ४८ दशमलव४१ प्रतिशत मतदान भएको छ भने उदयपुरमा २ लाख ३८ हजार ९सय २६ मतदातामध्ये १लाख २४ हजार ५सय९० मत खसेको छ, जुन ५२ दशमलव१५ प्रतिशत हो।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully