आफ्नो उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा कांग्रेससँग एजेन्डानजिक भएको भन्दै राप्रपाले रुपन्देही-२ मा चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो।
बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपाले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ। आफ्नो उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा कांग्रेससँग एजेन्डानजिक भएको भन्दै राप्रपाले रुपन्देही-२ मा चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो।
राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै रुपन्देही-२ मा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई मत दिने आह्वान गरेका हुन् ।
‘अहिले यस निर्वाचनमा हाम्रा सिद्धान्त र वैचारिक भिन्नता भए पनि देशको आर्थिक सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डानजिक छौं,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरतासमेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवं उद्योगी चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौं।’
